११ आश्विन २०८३, आईतवार

भाइरल डाँडानजिकको पहिरो पन्छाइयो, दाङ–कपिलवस्तु सडक खुल्यो

ड्रागन मिडिया सम्वाददाता

पूर्वपश्चिम राजमार्गको दाङ–कपिलवस्तु सडकखण्डमा पर्ने भाइरल डाँडानजिक खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। लगातारको वर्षापछि शनिबार राति करिब आठ बजे पहिरो खस्दा उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको थियो।

सशस्त्र प्रहरी बलको २९ नम्बर गण भालुबाङका प्रमुख प्रहरी उपरीक्षक यदु कार्कीका अनुसार सुरक्षा निकाय र सडक डिभिजन कार्यालयको समन्वयमा सडकमा खसेका माटो तथा ढुङ्गा हटाइएको हो। पहिरो खसेपछि इलाका प्रहरी कार्यालय चन्द्रौटाको टोलीले घटनास्थल पुगेर सडकको अवस्था निरीक्षण गरेको थियो।

वर्षा जारी रहेकाले सो क्षेत्रमा फेरि पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ। प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button