११ आश्विन २०८३, आईतवार

जबरालाई भेट्न नदिने प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको आग्रह

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न गएको आफ्नो टोलीलाई प्रहरीले रोकेको भन्दै आपत्ति जनाएको छ। आयोगले घटनाको निष्पक्ष छानबिन गरी आफ्नो संवैधानिक तथा कानुनी दायित्व निर्वाहमा अवरोध पुर्‍याउने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ।

प्रहरीले जबरालाई नियन्त्रणमा लिएको जानकारी पाएपछि आयोगको टोली उनको अवस्था बुझ्न गएको थियो। आयोगका अनुसार प्रहरीले टोलीलाई जबरासँग भेट्न दिएन। आयोगले जारी गरेको विज्ञप्तिमा मानव अधिकारको अनुगमन गर्ने आफ्नो अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रहरीले जबरालाई सुरक्षा जोखिमका कारण आफ्नो कार्यालयमा ल्याएको जनाएको छ। उनलाई नियन्त्रणमा लिनुको कानुनी आधार र त्यसपछि अपनाइएको प्रक्रियाबारे भने स्पष्ट विवरण सार्वजनिक भएको छैन। आयोगले भेटघाटमा लगाइएको रोकबारे निष्पक्ष छानबिन माग गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button