नारायणी पुलमुनि बाढीले बगाएको जलयान अड्कियो, आवतजावत बन्द

ड्रागन मिडिया सम्वाददाता
बाढीले बगाएको जलयान नारायणी नदीको पुलमुनि अड्किएपछि चितवनको भरतपुर र नवलपुरको गैँडाकोट जोड्ने पुलमा आवतजावत बन्द गरिएको छ। पुल बन्द हुँदा पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
पुलभन्दा करिब एक सय मिटर माथि बाँधेर राखिएको जलयान आइतबार साँझ करिब साढे पाँच बजे बाढीले बगाएको थियो। त्यसपछि जलयान पुलमुनि पुगेर अड्किएको हो। पुलबाट आवागमन कहिले खुल्ने भन्ने जानकारी सार्वजनिक भएको छैन।





