१३ आश्विन २०८३, मंगलवार

हिरो र सडक भासिँदा सिद्धार्थ राजमार्गमा सवारी आवागमन अवरुद्ध

ड्रागन मिडिया सम्वाददाता

पाल्पाको माथागढी गाउँपालिका–१, चिदिपानीको धेरैनीमा सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्गको बर्तुङ–राम्दी खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ। चार दिनदेखि परेको वर्षाले सडकको तल्लो भाग कटान गर्नुका साथै राजमार्गको करिब आधा भाग भासिएको छ।

सडक अवरुद्ध भएपछि स्याङ्जा र पोखराबाट बुटवलतर्फ आउँदै गरेका तथा बुटवलबाट पोखरातर्फ जाँदै गरेका सवारी साधन रोकिएका छन्। प्रहरीले मोटरसाइकल र साना सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने तयारी गरेको छ।

सडक डिभिजन पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यका अनुसार सडकको माथिल्लो भाग कटान नगरी ठूला सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। तल्लो भागबाट सडकको आधार निर्माण गर्न नसकिने भएकाले माथिल्लो भाग कटान गरेर आवागमन खुलाउने तयारी भइरहेको उनले बताए।

सिद्धार्थ राजमार्ग पहाड र तराई जोड्ने प्रमुख मार्ग हो। सडकको क्षतिग्रस्त भागमा काम सम्पन्न नभएसम्म ठूला सवारी साधनको आवागमन प्रभावित रहने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button