१३ आश्विन २०८३, मंगलवार

आयोगको टोलीलाई प्रवेश नदिएको विषयमा बयान दिन एसएसपी खड्का उपस्थित

ड्रागन मिडिया सम्वाददाता

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्का राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भएका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अवस्था बुझ्न गएको आयोगको टोलीलाई कार्यालयमा प्रवेश नदिइएको विषयमा जानकारी लिन आयोगले उनलाई बोलाएको हो।

आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोली आइतबार राणालाई भेट्न प्रहरीको टेकुस्थित कार्यालय पुगेको थियो। टोलीले करिब एक घण्टा पर्खिँदा पनि प्रवेश नपाएको जनाइएको छ। त्यसपछि आयोगले खड्कालाई मङ्गलबार बिहान ११:३० बजे उपस्थित हुन पत्र पठाएको थियो। उनी तोकिएको समयमा आयोग पुगेका हुन्।

राणामाथि प्रहरीले गरेको कारवाहीको कानुनी आधार र उनलाई भेट्न गएको आयोगको टोलीलाई प्रवेश नदिइनुको कारणबारे प्रश्न उठेका छन्। आयोगले खड्काबाट लिएको जानकारी तथा त्यसपछिको निर्णय सार्वजनिक भइसकेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button