१३ आश्विन २०८३, मंगलवार

एमालेको वरिष्ठ नेता मनोनयनप्रति भण्डारीद्वारा खुसी व्यक्त

ड्रागन मिडिया सम्वाददाता

नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीले आफूलाई दिएको नयाँ जिम्मेवारीप्रति खुसी व्यक्त गरेकी छन्। मङ्गलबार बुटवलमा आयोजित कार्यक्रममा उनले वरिष्ठ नेताको जिम्मेवारी औपचारिक रूपमा कसरी शुरु गर्ने भन्ने प्रक्रिया भने टुङ्गिन बाँकी रहेको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले आफूले पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी पनि लुम्बिनीमै पाएको स्मरण गरिन्। पुनः वरिष्ठ नेताका रूपमा यही क्षेत्रबाट सक्रिय हुन पाउँदा गौरव लागेको उनको भनाइ थियो। हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेतामा मनोनयन गरेको हो।

भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग र व्यवसाय विस्तारका लागि व्यवसायीहरूसँग छलफल गरी विद्यमान समस्या समाधान गर्नुपर्ने बताइन्। अन्तर्राष्ट्रिय विमानस्थल, सम्मेलन केन्द्र र सडक पूर्वाधार निर्माणलाई उनले क्षेत्रका महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button