१६ आश्विन २०८३, शुक्रबार

सुरक्षा निकायका बिक्री केन्द्रबाट खाना पकाउने ग्यास बेच्ने तयारी

ड्रागन मिडिया सम्वाददाता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री–वितरण गर्न अनुमति दिने तयारी भइरहेको बताएका छन्।

शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमनसम्बन्धी कार्यक्रममा उनले ग्यास वितरणमा समस्या हुँदा सुरक्षा निकायका बिक्री केन्द्रबाट आपूर्ति गर्न सकिने व्यवस्था मिलाउन लागिएको बताए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका छन्। ती निकायका बिक्री केन्द्रबाट ग्याससमेत उपलब्ध गराउन सके आपूर्ति सहज हुने सचिव तामाङको भनाइ थियो।

“पेट्रोल बेच्ने सुरक्षा निकायका बिक्री केन्द्रमा ग्यासका पनि कम्तीमा एक–दुईवटा केन्द्र राख्न सके राज्यलाई आपत् पर्दा सहज हुन्छ,” उनले भने। सम्भावित ग्यास अभावलाई ध्यानमा राखेर आवश्यक प्रबन्ध मिलाउने तयारी भइरहेको उनले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button