१७ आश्विन २०८३, शनिबार

३७ वर्षमाथिका खेलाडीका लागि रात्रीकालीन फुटबल प्रतियोगिता हुने

ड्रागन मिडिया सम्वाददाता

ब्रदर्स एफसी क्लबको आयोजनामा ३७ वर्षमाथिका खेलाडी सहभागी हुने पाँच–ए–साइड रात्रीकालीन फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता खजुरा गाउँपालिका–४, मुसकटवा बाबा मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रत्येक टोलीबाट पाँच खेलाडी मैदानमा रहनेछन् भने तीन जना अतिरिक्त खेलाडी राख्न पाइनेछ। टिम दर्ता असोज २४ गते साँझ ५ बजेसम्म गर्न सकिनेछ। प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकिएको छ।

प्रतियोगिता असोज २५ गतेदेखि शुरु हुने भए पनि खेल शुरु हुने समय पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेता र उपविजेता दुवै टोलीले एक–एक खसी र पदक प्राप्त गर्नेछन्।

खेलाडी तथा फुटबल टोलीलाई प्रतियोगितामा सहभागी हुन ब्रदर्स एफसीका काेषाध्यक्ष राकेश पाैडेलले आह्वान गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button