सुरक्षा अवस्था बिग्रिए कीभबाट दूतावास सार्ने पश्चिमी देशको तयारी

ड्रागन मिडिया समाचार कक्ष
युक्रेनको राजधानी कीभमा सुरक्षा अवस्था थप बिग्रिए आफ्ना दूतावास अन्यत्र सार्ने आकस्मिक योजना पश्चिमी देशहरूले बनाएको द गार्डियनले दुई कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
ती स्रोतका अनुसार कूटनीतिक नियोगहरू लभिभ वा पूर्वी पोल्यान्डमा सार्न सकिनेछ। नाम नखुलाइएका एक कूटनीतिज्ञले “अवस्था स्पष्ट रूपमा तीव्र गतिमा बिग्रँदै गएको छ” भनेका छन्।
समाचारपत्रले कीभका मेयर भिताली क्लिच्कोको भनाइ पनि उद्धृत गरेको छ। उनले शहर “अत्यन्त गम्भीर अवस्थामा” रहेको बताए। “शान्तिकालमा जस्तो गरी अहिले पनि जीवन बिताउन सकिन्छ भनेर ढोँग गर्न अब सम्भव छैन,” उनले भने।





