१७ आश्विन २०८३, शनिबार

लुम्बिनीका सबै जिल्लामा छाला रोग पहिचान अभियान चलाइने

ड्रागन मिडिया सम्वाददाता

कुष्ठरोग निवारणलाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेश सरकारले चालु वर्ष प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि परीक्षण अभियान सञ्चालन गर्ने भएको छ। कुष्ठरोगका बिरामी घट्दै गए पनि रोगको पहिचान र उपचारमा थप प्रभावकारी पहल आवश्यक रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन्।

नेपाल कानुन समाजले आयोजना गरेको कुष्ठरोग प्रभावित व्यक्तिका संवैधानिक तथा कानुनी अधिकारसम्बन्धी अन्तरक्रियामा बोल्दै आचार्यले प्रदेश सरकारले कुष्ठरोग निवारणका लागि उच्च प्राथमिकतासहित काम गरिरहेको बताए। उनले क्यान्सरलगायत नसर्ने रोगको समस्या पनि बढ्दै गएको उल्लेख गर्दै समयमै पहिचान र उपचारमा जोड दिए।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा हाल ५४७ जना कुष्ठरोगका बिरामी छन्। रोगका कारण हुने लाञ्छना र भेदभाव घटाउन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताइन्।

वरिष्ठ छाला रोग विशेषज्ञ डा. रविन्द्र बास्कोटाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २ हजार ४०९ जना नयाँ कुष्ठरोगी पहिचान भएका थिए। उपचारमा रहेका बिरामीको सङ्ख्या २ हजार ६०८ रहेको उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button