१८ आश्विन २०८३, आईतवार

भेरी साहित्य समाजको अध्यक्षमा मीना बराल निर्वाचित

ड्रागन मिडिया सम्वाददाता

भेरी साहित्य समाजको आठौँ केन्द्रीय अधिवेशनबाट मीना बराल अध्यक्षमा निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको समाजले जनाएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा बर्दियाका इश्वरीप्रसाद रिजाल तथा उपाध्यक्षमा सुर्खेतका महेन्द्र चन्द ‘महासागर’, बाँकेका भरतबहादुर रानाभाट र कैलालीका डा. चक्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ। महासचिवमा सुन्दर गुरुङ, सचिवमा पुष्पमणि प्रधान र कोषाध्यक्षमा ताराकुमारी खत्री रोकाया चयन हुनुभएको छ। समितिमा आठ जना सदस्य पनि निर्वाचित भएका छन्।

समाजको २४औँ साधारणसभा अध्यक्ष इन्द्रबहादुर बस्नेतको सभाध्यक्षता र प्राज्ञ सनत रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। साधारणसभापछि अधिवेशनको बन्द सत्रले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिका तर्फबाट महासचिव सुन्दर गुरुङले साधारणसभा तथा अधिवेशनमा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि, प्रतिनिधि र निर्वाचन मण्डललाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button