१८ आश्विन २०८३, आईतवार

रणनीतिक भण्डारबाट बजारमा आए ३२ करोड ५० लाख ब्यारेल तेल

ड्रागन मिडिया सम्वाददाता

अन्तर्राष्ट्रिय ऊर्जा निकायका सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट हालसम्म ३२ करोड ५० लाख ब्यारेल तेल तथा तेलजन्य पदार्थ बजारमा पठाएको निकायले जनाएको छ। यो इन्धनको सम्भावित अभाव रोक्न गत मार्चमा गरिएको ४० करोड ब्यारेल आपूर्तिको प्रतिबद्धताको हिस्सा हो।

अद्यावधिक विवरण जी–७ राष्ट्रहरूले अन्तर्राष्ट्रिय ऊर्जा निकायसँग समन्वय गरी अमेरिका–इरान युद्धका कारण बढेको विश्वव्यापी ऊर्जा आपूर्ति चिन्ता कम गर्न बजारमा थप १० करोड ब्यारेल डिजेल र कच्चा तेल पठाउने सहमति गरेको भोलिपल्ट सार्वजनिक भएको हो।

मार्चको प्रतिबद्धताअनुसार बजारमा पठाउन बाँकी ७ करोड ५० लाख ब्यारेल तेल यो १० करोड ब्यारेलमा समावेश छ वा त्यसबाहेक थपिने हो भन्नेबारे जी–७ ले स्पष्ट पारेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button