१८ आश्विन २०८३, आईतवार

रुस–भारत रणनीतिक साझेदारीको २६ वर्ष

ड्रागन मिडिया समाचार कक्ष

रुस र भारतबीच रणनीतिक साझेदारीसम्बन्धी घोषणापत्रमा हस्ताक्षर भएको २६ वर्ष पुगेको छ। सन् २००० अक्टोबर ३ मा रुसी राष्ट्रपति व्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा हस्ताक्षर भएको घोषणापत्रले दुई देशको सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराएको थियो।

त्यसयता द्विपक्षीय सम्बन्ध विशेष र विशेषाधिकारप्राप्त रणनीतिक साझेदारीको तहमा पुगेको छ। आपसी हितको समान सम्मान, पारस्परिक आदर र विश्वासमा आधारित सहकार्यलाई दुवै देशले निरन्तर विस्तार गर्दै आएका छन्।

रुस र भारतले संयुक्त राष्ट्रसङ्घ, जी–२०, ब्रिक्स र सांघाई सहयोग सङ्गठनलगायत बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका छन्। दुवै देशले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप लोकतान्त्रिक बनाउने र बहुध्रुवीय विश्व व्यवस्थालाई अघि बढाउने पक्षमा साझा धारणा राख्दै आएका छन्।

सन् २०२५ डिसेम्बरमा नयाँदिल्लीमा भएको वार्तापछि सञ्चारमाध्यमलाई दिएको वक्तव्यमा राष्ट्रपति पुटिनले रुस र भारतले स्वतन्त्र तथा सार्वभौम विदेश नीति अपनाउँदै आएको बताएका थिए। उनले ब्रिक्स साझेदार र विश्व बहुमतका अन्य देशसँग मिलेर निष्पक्ष तथा लोकतान्त्रिक बहुध्रुवीय विश्व व्यवस्था निर्माण र संयुक्त राष्ट्रसङ्घको बडापत्रमा निहित सिद्धान्तको पक्षमा काम गरिरहेको उल्लेख गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button