शिगाचे भूकम्पको उद्धारमा ‘चिनियाँ गति’ र ‘चिनियाँ न्यानोपन’

जनवरी ७ तारिखसिचाङ अर्थात् तिब्बतको पठारमा भर्खरै बिहानी हुँदैगर्दा बिहानको ९ बजेर ५ मिनेट जाँदा शिगाचे शहरको डिङ्ग्री जिल्लामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको थियो। विपत्तिको सामना गर्दा छोटो समयभित्र नै उद्धार कार्य गर्नु जरूरी हुन्छ। भूकम्पलगत्तै आपतकालीन उद्धार टोलीअग्नि नियन्त्रण तथा उद्धार टोलीवन अग्नि नियन्त्रण टोलीसार्वजनिक सुरक्षा बल र सैनिकलगायत दशौँ हजार उद्धारकर्मीहरू भूकम्पको केन्द्रविन्दुमा पुगेका छन्।

पुरिएका मानिसहरुको खोजी तथा उद्धार तीव्र गतिमा भइरहेको छ साथै प्रकोपबाट प्रभावितहरुलाई कसरी पुनःस्थापना गर्ने भन्ने कुरा उद्धारको अर्को केन्द्र बिन्दु हो।

पठारभूमिमा जाडोयामका रातहरू सँधै चाँडो आउँदछ र रातमा सबैभन्दा कम तापमान माइनस १० डिग्री सम्म पुग्न सक्छ।तथापि, धेरै चिन्ता लिनुपर्दैन, बरु कपासका सिरककम्बलकपासको कोटचुल्हो र तयारी चाउचाउहरू लगायत १. लाख भन्दा बढी आवश्यक सामग्रीहरू एकपछि अर्को गरी प्रकोप क्षेत्रमा पुर्याइएका छन्।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र डिङ्ग्री जिल्लाको चाङ्सुओ टाउनशिपको गुरोङ गाँउबस्तिका २ पुनर्वास स्थलहरूमा ३० भन्दा बढी पालहरू स्थापना गरिएका छन् र प्रत्येक व्यक्तिले २ भन्दा बढी सिरकएक गद्दा, केही पानी र खाजा पाएका छन्। अर्को दिन अर्थात्८ तारिखको बिहान, चाङ्सुओ टाउनसिपको सेंगा गाउँको केन्द्रीकृत पुनर्वास स्थलमा मानिसहरू लाइन लागेर सामान लिएका छन्। भूकम्प क्षेत्रका केही गाउँलेहरूले कपासको नयाँ जुत्ता पनि फेरेका छन्। साथै केटाकेटीहरूले मीठो तातो चिया पिउन पनि पाएका छन्। ‘पाल न्यानो छबिजुली आयोखाना पायौँ र भाततरकारी स्वादिष्ट लाग्यो। तातो खाना खाएका केटाकेटीहरूले जनमुक्ति सेनाका काकाहरूलाई यसरी भनेः ‘जिन्झु मामीयागुडु’ जसको अर्थ जनमुक्ति सेना राम्रो छ भन्ने हुन्छ।

केही चिनियाँ नेटिजनहरूले यस विपत्तिपछिको उद्धार कार्यको ‘चिनियाँ गतिको १२ बुँदे सारांश यसरी दिएका छन्:

भूकम्प गएको १० मिनेटपछि नै सैनिक विमानले उडान भरे।

भूकम्प केन्द्रमा आधा घण्टाभित्र नै मानिस बचाउन भवन भत्काउने र उद्धार कार्य सुरु गरियो।

भूकम्प गएको सोही दिन २०० जना सैनिकले ६० हजार मिलिलिटर रक्तदान गरे।

भूकम्प गएको ६ घण्टापछि, डिङग्री जिल्ला केन्द्रमा बिजुली आपूर्ति पुनसुरु गरियो।

सोही दिनको दिउँसो ५ बजेभित्र भूकम्प बिन्दु क्षेत्रको रिमोट सेन्सिंग नक्शा जारी गरियो।

सोही दिनको बेलुकी ७ बजेभित्र संचार मूल रूपमा पुनर्स्थापना गरियो।

त्यस रात तापक्रम माइनस १० डिग्रीभन्दा तल झरे तापनि उद्धार भइरह्यो।

८ तारिखको बिहानराष्ट्रिय राजमार्ग मूलतः खोलियो।

८ तारिखतातो भाततरकारीको आपूर्ति शुरु गरियो।

१०. ८ तारिखको बिहानै विशेषज्ञ चिकित्सकीय टोलीले शाङ्हाईबाट उडान भर्यो।

११. ८ तारिख दिउँसो उद्धार सामग्रीहरु पर्याप्त मात्रामा उपलब्ध भयो र थप राहतको वश्यकता नभएको घोषणा गरियो।

१२९ तारिख आयोजित सम्बन्धित पत्रकार सम्मेलनअनुसार, विपद्क्षेत्रमा कूल २२४ पुनर्स्थापना स्थल बनाइकेको छ साथै प्रकोपबाट प्रभावित ४७.५ हजार मानिसको प्रारम्भिक रुपमा पुनःस्थापना काम सम्पन्न भएको छ।

यस पटक शिगाचेमा गएको भूकम्पका सम्बन्धमा नेपाललगायत धेरै देश तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले चीनप्रति विभिन्न तरिकाले समवेदना व्यक्त गरेका छन्। वास्तवमा ७ तारिखका दिनै, विश्वका ३ प्रमुख भूकम्पीय क्षेत्रमध्येको एक हिमालयन भूकम्पीय जोनमा रहने नेपालमा पनि ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। नेपालमा गएको भूकम्प र तिब्बतको डिङ्ग्री जिल्लामा गएको ६.८ म्याग्निच्यूडको भूकम्प एउटै भूकम्प भएको सम्बद्ध विश्लेषकहरुको ठहर छ।

यसअघि, नेपाल र चीन दुवै देशले ठूलठूला भूकम्प भोगेका छन् र दुवै देशले ठूलो जनधनको क्षति व्यहोरेको अनुभव ताजै छ। हालसम्म दुवै देशले कठिनाइहरू पार गरेका छन् र विपत्तिपछिको पुनर्निर्माणलाई फरकफरक डिग्रीसम्म पूरा गरेका छन्। त्यसैले यस्तो ‘चिनियाँ गति र ‘चिनियाँ न्यायोपन’ एवम् छिमेकी नेपालको समवेदना तथा सान्त्वनाले गर्दाशिगाचे डिङ्ग्री विपत्ति क्षेत्रले पक्कै पनि कठिनाइहरू पार गर्नेछ भन्ने विश्वास छ। प्राकृतिक विपत्तिहरू निर्दयी भए तापनि मानिसहरू दयालु छन्। सबै मानिसहरू सुरक्षित होऊन् भन्ने दिलैदेखि कामना!

 

CRI

 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button