भोटेकोशी बाढीपीडितका लागि फिदिम नगरपालिकाद्वारा ४७ लाख ४९ हजार सहयोग

ड्रागन मिडिया सम्वाददाता
फिदिम नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि ४७ लाख ४९ हजार रुपैयाँ सहयोग गरेको छ।
नगरपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीबाट सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए।
दैवी विपद्का बेला राहत, उद्धार र पुनर्स्थापना प्रभावकारी बनाउन सबै निकायबीच सहकार्य आवश्यक रहेको नगरपालिकाले जनाएको छ। तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा पनि नगरपालिकाले जोड दिएको छ।
नगरपालिकाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।





