१८ आश्विन २०८३, आईतवार

कोरला नाकाको अवस्था बुझ्न चिनियाँ राजदूत लोमान्थाङमा

ड्रागन मिडिया सम्वाददाता

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ सात सदस्यीय टोलीसहित शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन्। तीनदिने भ्रमणमा आएको टोलीमा पाँच जना चिनियाँ नागरिक छन्। भ्रमणपछि टोली कोरला नाकाबाटै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले राजदूत कोरला नाका हुँदै मुस्ताङ आएको पुष्टि गर्दै भ्रमणको विस्तृत जानकारी प्राप्त नभएको बताइन्।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङका अनुसार राजदूत नाकाको अवस्थाबारे जानकारी लिन मुस्ताङ पुगेका हुन्। भोटेकोशी बाढीले रसुवागढी नाका प्रभावित पारेको र तातोपानी नाका लामो समयदेखि बन्द रहेको अवस्थामा कोरला नाका सञ्चालनको माग उठिरहेको छ। त्यसैले राजदूतको भ्रमणलाई वैकल्पिक व्यापारिक मार्गका रूपमा कोरला नाकाको सम्भावना र अवस्थाबारे चासोका रूपमा हेरिएको छ।

रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक करिब ३० करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको समाचारमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button