नोबेल पुरस्कार घोषणा सप्ताह आजदेखि

ड्रागन मिडिया समाचार कक्ष
नोबेल पुरस्कार घोषणा सप्ताह आज स्विडेनको राजधानी स्टकहोममा शरीरक्रिया विज्ञान वा चिकित्साशास्त्रतर्फको पुरस्कार विजेताको घोषणा गर्दै शुरु हुँदैछ। अन्य विधाका विजेताको नाम आगामी दिनमा सार्वजनिक गरिनेछ।
भौतिकशास्त्रतर्फको पुरस्कार अक्टोबर ६, रसायनशास्त्रतर्फको अक्टोबर ७ र साहित्यतर्फको अक्टोबर ८ मा घोषणा हुनेछ। शान्तितर्फको पुरस्कार विजेताको नाम अक्टोबर ९ मा नर्वेको राजधानी ओस्लोमा सार्वजनिक गरिनेछ।
अल्फ्रेड नोबेलको स्मृतिमा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १२ मा घोषणा हुनेछ। सन् १९६८ मा स्थापना गरिएको यो पुरस्कारलाई औपचारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा स्वेरिजेस रिक्सबैंक अर्थशास्त्र पुरस्कार भनिन्छ।





