२० आश्विन २०८३, मंगलवार

दुर्घटनामा घाइते मोटरसाइकल चालकको साथबाट पेस्तोल बरामद

ड्रागन मिडिया सम्वाददाता

सर्लाहीको कविलासी नगरपालिका–३, मदनपुरस्थित भित्री सडकमा दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।

भारतीय नम्बर प्लेटको बीआर ३० वाई २८३५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका थिए। ठाकुरको दुवै हातमा सामान्य चोट लागेको छ।

घाइते चालकसँग पेस्तोल रहेको भन्ने स्थानीयको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले ठाकुरको साथबाट एक थान सिक्सर पेस्तोल बरामद गरी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

ठाकुर प्रहरी नियन्त्रणमा छन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button