५ मंसिर २०८३, शुक्रबार

भारत भ्रमणअघि प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच तीन घण्टा छलफल

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार सिंहदरबारमा तीन घण्टा छलफल भएको छ। सेतोपाटीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा दिउँसो २ बजेदेखि ५ बजेसम्म भेटवार्ता भएको हो। भेटमा उठेका विषयबारे विवरण सार्वजनिक भएको छैन।

प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने राजकीय भ्रमणका लागि भारत जाने कार्यक्रम छ। उनी दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्। प्रतिनिधिमण्डलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन्।

भ्रमणको दोस्रो दिन सोमबार शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सीमापार सम्पर्क र पूर्वाधारमा सहकार्य विस्तारबारे छलफल हुने कार्यक्रम छ। भ्रमणका क्रममा ऊर्जा र सम्पर्क सञ्जालसम्बन्धी परियोजनाको उद्घाटन गर्ने तयारी पनि छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button