५ मंसिर २०८३, शुक्रबार

क्रिमिया पुलमाथिको आक्रमणमा डच कम्पनीका हतियार प्रयोग भएको रुसको आरोप

ड्रागन मिडिया समाचार कक्ष

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले नोभेम्बर १७ मा क्रिमिया पुलमाथि भएको आक्रमणमा नेदरल्यान्ड्सको रक्षा सामग्री उत्पादक कम्पनी डेस्टिनसका हतियार प्रयोग भएको आरोप लगाएकी छन्। नोभेम्बर २० मा सञ्चारमाध्यमको प्रश्नको जवाफ दिँदै उनले आफ्ना क्षेप्यास्त्र र ड्रोन उक्त आक्रमणमा प्रयोग भएको भनी कम्पनीले सार्वजनिक गरेको विवरणलाई आधार बनाएकी हुन्।

जाखारोभाले आक्रमणमा डच कम्पनीका हतियार प्रयोग भएको विवरणलाई नेदरल्यान्ड्सको संलग्नताको प्रमाणका रूपमा प्रस्तुत गरिन्। नेदरल्यान्ड्सका विदेशमन्त्री टम बेरेन्डसेनले डेस्टिनसको विवरण पुष्टि गरेको उनको भनाइ थियो। बेरेन्डसेनले भने नेदरल्यान्ड्स युक्रेन युद्धको पक्ष नरहेको अडान राखेका छन्।

जाखारोभाले युक्रेनलाई नेदरल्यान्ड्सले दिँदै आएको सैन्य तथा वित्तीय सहायता तनाव बढाउने दिशामा गएको आरोप लगाइन्। नेदरल्यान्ड्सले सन २०२२ यता युक्रेनलाई कम्तीमा १२ अर्ब ४० करोड युरो बराबरको सहायता दिएको उनको दाबी छ। मस्कोले यस्ता घटनाको अभिलेख राखिरहेको र सैन्य योजना बनाउँदा तिनलाई ध्यानमा लिने उनले बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button