२० आश्विन २०८३, मंगलवार

गोप्य सूचना चुहाउनेलाई कानुनी कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

ड्रागन मिडिया सम्वाददाता

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट गोप्य तथा संवेदनशील सूचना चुहाउने प्रवृत्तिमाथि निगरानी भइरहेको बताएका छन्। पदीय जिम्मेवारी दुरुपयोग गरी अनधिकृत व्यक्ति वा निकायलाई सूचना दिने जोसुकैलाई कानुनी कारबाही गरिने उनले चेतावनी दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्नेले उन्मुक्ति नपाउने बताएका हुन्। राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उनको भनाइ छ।

“पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,” उनले लेखेका छन्। सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन र भविष्यमा गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्न सक्ने उनले उल्लेख गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button