आज र भोलि केही स्थानमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
मंगलबार र बुधबार देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। आज र भोलि तुलनात्मक रूपमा ठूलो वर्षा हुन सक्ने उनको भनाइ छ।
वायुमण्डल अस्थिर रहेकाले केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित छोटो समयका लागि भारी वर्षा हुन सक्छ। धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र वर्षाको क्रम हप्ताभरि जारी रहने पोखरेलले बताए।
बिहीबारदेखि शनिबारसम्म हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। घटस्थापनादेखि भने मौसम क्रमशः खुल्दै जाने सम्भावना रहेको उनले जानकारी दिए।





