महाबौद्धमा पोल ढल्दा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन

ड्रागन मिडिया सम्वाददाता
काठमाडौँ महानगरपालिका–२२ स्थित महाबौद्धको भोसी टोलमा सोमबार राति करिब १२:३० बजे सिमेन्टको विद्युत् पोल ढलेको थियो। जीर्ण अवस्थामा रहेको पोल लगातारको वर्षाका कारण ढलेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
पोल ढलेपछि अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। घटनामा मानवीय तथा अन्य भौतिक क्षति भएको छैन।





