२० आश्विन २०८३, मंगलवार

कांग्रेस सभापतिमा उम्मेदवारी दिने राठौरको घोषणा, प्रतिनिधि रोक्न षड्यन्त्र भएको आरोप

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी सार्वजनिक गरेका हुन्।

आफ्नो सदस्यता रहेको बर्दियामा कुनै विवाद नभए पनि सभापतिमा उठ्ने तयारी गरेपछि प्रतिनिधि रोक्न खोजिएको राठौरले आरोप लगाए। “मेरो क्षेत्रमा कुनै विवाद थिएन, तर सभापतिमा उम्मेदवारीको तयारी गरेपछि प्रतिनिधि नै रोक्न नाटक गरियो,” उनले भने। आफू प्रतिस्पर्धाबाट पछि नहट्ने उनको भनाइ छ।

कांग्रेसलाई एकताबद्ध बनाउनु आफ्नो मुख्य एजेन्डा रहेको राठौरले बताए। उनी यसअघि शेरबहादुर देउवा पक्षमा थिए। पार्टीको चारतारे झण्डा र रूख चिह्न संस्थापन पक्षसँग रहेकाले आफू त्यही पक्षमा आएको उनले स्पष्ट पारे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button