२० आश्विन २०८३, मंगलवार

हुआङयान दाओको हवाई क्षेत्रबाट फिलिपिनी विमान निष्कासित : चीन

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमान्डले सरकारको अनुमति नलिई हुआङयान दाओमाथिको हवाई क्षेत्रमा प्रवेश गरेको फिलिपिनी सी–२०८ विमानलाई निष्कासित गरेको जनाएको छ। कमान्डका प्रवक्ता झाई शिचेनले शनिबार भएको घटनाबारे सोमबार जानकारी दिएका हुन्।

झाईका अनुसार कमान्डले नौसैनिक र हवाई बल परिचालन गरी विमानको निगरानी गरेको र कानुन तथा नियमअनुसार चेतावनी दिँदै निष्कासित गरेको थियो।

हुआङयान दाओ चीनको अभिन्न भूभाग भएको उल्लेख गर्दै झाईले फिलिपिनी पक्षको गतिविधिले चीनको सार्वभौमिकता गम्भीर रूपमा उल्लङ्घन गरेको र समुद्री तथा हवाई क्षेत्रमा अनपेक्षित घटना निम्त्याउन सक्ने बताए।

उनले फिलिपिन्सलाई अधिकार उल्लङ्घन र उत्तेजक गतिविधि तत्काल रोक्न चेतावनी दिएका छन्। चीनको सार्वभौमिकता र सुरक्षा तथा क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्न दक्षिणी थिएटर कमान्डका बल सधैँ उच्च सतर्कतामा रहने उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button