२० आश्विन २०८३, मंगलवार

कांग्रेस महाधिवेशनको बन्दसत्र आजका लागि सकियो, भोलि पुनः बस्ने

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्दसत्रको छलफल मंगलबारका लागि सकिएको छ। बन्दसत्र बुधबार बिहान साढे १० बजे पुनः सुरु हुने र सुरुमै सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ।

बन्दसत्रमा सभापति थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव तथा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्तावमाथि छलफल भएको थियो।

महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि पनि प्रतिनिधिहरूले व्यापक छलफल गरेका छन्। छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button