कांग्रेस केन्द्रीय सदस्यमा १८ वर्षीया अभिप्सा पौडेलको उम्मेदवारी

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्। उनले बागमती प्रदेशबाट भूगोलतर्फ युवा महिला समूहमा उम्मेदवारी दिएकी हुन्।
मकवानपुर–१ बाट महाधिवेशन प्रतिनिधि चयन भएकी पौडेलको उम्मेदवारीले पार्टीको नेतृत्व चयन प्रक्रियामा युवा महिलाको सहभागिता थप उजागर गरेको छ। महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुँदै केन्द्रीय नेतृत्वमा दाबी गर्नु उनको सक्रिय राजनीतिक सहभागिताको संकेत हो।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि असोज २२ गते मतदान हुँदैछ।





