२० आश्विन २०८३, मंगलवार

सेनाका ३२ जिल्लाका कार्यालयमा डीडीसीले दुग्धजन्य पदार्थ आपूर्ति गर्ने

ड्रागन मिडिया सम्वाददाता

नेपाली सेनाका ३२ जिल्लास्थित निकाय, युनिट तथा उपयुनिटमा दुग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित दूध तथा दुग्धजन्य पदार्थ नियमित आपूर्ति गर्ने भएको छ। यससम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाली सेना र डीडीसीले हस्ताक्षर गरेका छन्।

सम्झौतापत्रमा सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका सहायक रथी सञ्जयकुमार रञ्जित र डीडीसीका महाप्रबन्धक शरणकुमार पाण्डेले हस्ताक्षर गरेका हुन्। डीडीसीका अनुसार आपूर्ति आगामी माघदेखि सुरु हुनेछ।

सम्झौताअनुसार सेनालाई दैनिक १० हजार २५१ लिटर दूध, ३६५ केजी दही, ३७ केजी पनिर, २१ केजी होल मिल्क पाउडर र १५ केजी चिज आपूर्ति गरिनेछ।

सम्झौताले स्वदेशी उत्पादनको खपत बढाउनुका साथै सेनाका विभिन्न युनिटमा गुणस्तरीय दुग्धजन्य पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button