२५ आश्विन २०८३, आईतवार

मेडिकेयरका अधिकांश सेवाग्राही एकपटकको ९० डलर सहायताबाट वञ्चित

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेडिकेयरको भाग बीमा आबद्ध २ करोड ८ लाख ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाको शुल्क तिर्न एकपटक ९० डलर दिने घोषणा गरेका छन्। तर मेडिकेयरमा आबद्ध ७ करोड ६ लाखमध्ये तीन भागको एक भागभन्दा कमले मात्र यो रकम पाउने रोयटर्सले जनाएको छ।

मेडिकेडबाट भाग बीको शुल्क तिराइरहेका न्यून आय भएका व्यक्ति, थप शुल्क तिर्ने उच्च आय भएका सेवाग्राही र निजी कम्पनीबाट सञ्चालित मेडिकेयर एडभान्टेज योजनामा आबद्ध व्यक्ति यो सुविधामा पर्दैनन्। रकम मेडिकेयर सुधारका लागि छुट्याइएको कोषबाट दिने सरकारको भनाइ छ।

ट्रम्प प्रशासनले यो सहायता बढ्दो स्वास्थ्य खर्च कम गर्न ल्याइएको बताएको छ। तर आलोचकहरूले एकपटकको ९० डलरले दीर्घकालीन उपचार खर्च वा बीमा शुल्कको भार घटाउन नसक्ने बताएका छन्। निर्वाचनअघि गरिएको घोषणाले लाभ पाउने र छुट्ने समूहबीच ठूलो भिन्नता देखाएकाले यसलाई ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाभन्दा राजनीतिक लाभसँग जोडेर हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button