दक्षिणपश्चिम पाकिस्तानमा सुरक्षा कारबाहीमा १० लडाकु मारिए

ड्रागन मिडिया समाचार कक्ष
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा १० लडाकु मारिएको सुरक्षा स्रोतले शनिबार जनाएको छ।
स्रोतका अनुसार संदिग्ध लडाकुहरूको उपस्थिति रहेको सूचना पाएपछि बारखान जिल्लामा कारबाही गरिएको थियो। त्यस क्रममा ठूलो परिमाणमा हतियार र गोलीगट्ठासमेत बरामद भएको सुरक्षा स्रोतले बताएको छ।
बलुचिस्तानका मुख्यमन्त्रीका आन्तरिक मामिलासम्बन्धी सल्लाहकार जियाउल्लाह लाङ्गोभले मारिएका लडाकु प्रतिबन्धित बलुचिस्तान मुक्ति सेनासँग आबद्ध रहेको बताएका छन्।





