अमेरिका र विश्व बजारमा तेल आपूर्ति गर्न रुस तयार : पुटिन

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अक्टोबर ९ मा भएको फोनवार्तामा युक्रेन संकट समाधानको सम्भावनाबारे विस्तृत छलफल भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। इरानको अवस्थासहित रुस–अमेरिका सम्बन्धका विभिन्न पक्षबारे पनि कुराकानी भएको उनले जनाएका छन्।
विश्व ऊर्जा अवस्थाबारे छलफल गर्दा रुसले अमेरिका र विश्व बजारमा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति गर्न तयार रहेको पुटिनले बताए। यसले समग्र विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने आफ्नो विश्वास रहेको उनले उल्लेख गरे।
दुवै राष्ट्रपतिले व्यक्तिगत सम्पर्क कायम राख्ने सहमति दोहोर्याएका छन्। राष्ट्रपतीय प्रशासन, गुप्तचर निकाय र अन्य सरकारी निकायबीचको सहकार्य जारी राख्ने विषयमा पनि सहमति भएको पुटिनको वक्तव्यमा उल्लेख छ।





