२५ आश्विन २०८३, आईतवार

लाइ छिङ–तेको भाषणले तथ्य तोडमोड गरेको चीनको आरोप

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राज्यपरिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता चाङ हानले ताइवानका नेता लाइ छिङ–तेको ‘दश अक्टोबर’ भाषणको आलोचना गरेका छन्। भाषणले तथ्य बेवास्ता गरेको, सही र गलतलाई उल्ट्याएको र जनतालाई भ्रमित पारेको उनले बताएका छन्।

शनिबार ताइवान मामिलाबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै चाङले लाइको मन्तव्यले उनको वास्तविक उद्देश्यसमेत उजागर गरेको बताए। उनले एक चीन सिद्धान्त र सन् १९९२ को सहमतिप्रति चीनको प्रतिबद्धता दोहोर्‍याउँदै ताइवानका विभिन्न क्षेत्रका नागरिकलाई एकताबद्ध गर्ने बताए।

चीनले ‘ताइवान स्वतन्त्रता’ खोज्ने पृथकतावादी शक्तिको विरोध गर्ने, बाह्य हस्तक्षेपको प्रतिवाद गर्ने र ताइवान जलडमरूमध्यमा शान्ति तथा स्थिरता कायम राख्ने चाङले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button