रियाद विमानस्थलमा हुथी आक्रमणको आरोप, निर्णायक जवाफ दिने साउदी गठबन्धनको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष
साउदी नेतृत्वको गठबन्धनले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनलमा शनिबार भएको आक्रमण हुथी समूहले गरेको आरोप लगाएको छ। आक्रमणमा यात्रु र विमानस्थलका कर्मचारीको ज्यान गएको तथा केही घाइते भएको गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले बताएका छन्।
अल–मालिकीले सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यमा आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार युद्ध अपराधको संज्ञा दिएका छन्। गठबन्धनको संयुक्त सैन्य कमान्डले अन्तर्राष्ट्रिय मानवीय कानुन र प्रचलित मान्यताअनुसार निर्णायक जवाफ दिने उनले चेतावनी दिएका छन्।
शनिबारको आक्रमणमा १२ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएको साउदी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।





