चार देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज

ड्रागन मिडिया सम्वाददाता
भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सोमबार हुँदैछ। संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक बिहान ९:१५ बजे सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ।
बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीमाथि छलफल गरेपछि चारै जनाको सुनुवाइ गर्ने कार्यसूची छ।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा राजदूतमा प्रस्तावित छन्। समितिको यो १७औँ बैठक हो।





