११ मंसिर २०८३, बिहीबार

ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँ र विदेशी मुद्रा बरामद, दुई जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

काठमाडौंको ठमेलस्थित स्नोलाइन होटलबाट प्रहरीले ५० लाख ५० हजार नेपाली रुपैयाँ र विदेशी मुद्रा बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त लैनचौरको टोलीले बुधबार दिउँसो करिब १ बजे होटलबाट दुई जनालाई पक्राउ गरेको हो।

परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा चितवन घर भई ठमेलमा बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगिथ इब्राहिम छन्। नेपाली रुपैयाँसँगै ४ हजार २१५ ओमानी रियाल र ५५ दिराम बरामद भएको थापाले बताए।

होटलमा श्रोत नखुलेको रकम लुकाएर राखिएको भन्ने सूचनाका आधारमा टोली त्यहाँ पुगेको प्रहरीले जनाएको छ। बरामद रकमको श्रोत र पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button