११ मंसिर २०८३, बिहीबार

मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क लिएको आरोपको अनुसन्धानमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

ड्रागन मिडिया सम्वाददाता

मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुलिएको आरोपको अनुसन्धानका लागि प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ। नेपाल प्रेसले बिहीबार एक उच्च प्रहरी अधिकारीलाई उद्धृत गर्दै अर्याल पक्राउ परेको जनाएको हो।

काठमाडौं जिल्ला अदालतले अर्याललाई पक्राउ गर्न अनुमति दिएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा अर्यालले अतिरिक्त शुल्क लिने व्यवस्था कायमै राख्ने निर्णयमा कस्तो भूमिका खेलेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

गृह मन्त्रालयको श्रोतलाई उद्धृत गर्दै नेपाल प्रेसले अर्याललाई भारतको कोलकाताबाट नेपाल ल्याइँदै गरेको जनाएको छ। पक्राउको पुष्टि गर्ने प्रहरी अधिकारीले भने स्थान खुलाएनन्। बिहीबार बिहान उक्त समाचार प्रकाशित हुँदासम्म पक्राउस्थलबारे आधिकारिक विवरण आएको थिएन।

नेपाल प्रेसका अनुसार करिब सात लाख नेपाली श्रमिकसँग जोडिएको यस प्रकरणमा पूर्वमन्त्री र अन्य उच्च प्रशासनिक अधिकारीको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ।

श्रमसचिवपछि गृहसचिवको जिम्मेवारी सम्हालेका अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए। करिब १५ महिना उक्त पदमा रहेका उनी २०८२ मंसिरमा उमेर हदका कारण सेवानिवृत्त भएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button