२८ आश्विन २०८३, बुधबार

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्रीमा, किलोको १,२५० देखि १,३०० रुपैयाँ

ड्रागन मिडिया सम्वाददाता

दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा बिक्री सुरु भएको छ। जिउँदो तौलमा प्रतिकिलो १ हजार २५० देखि १ हजार ३०० रुपैयाँसम्म मूल्य तोकिएको छ।

तीन दशकभन्दा बढी समयदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका मेखबहादुर नेपालले यस वर्ष खरिद मूल्य प्रतिगोटा करिब ३ हजार रुपैयाँसम्म बढेको बताउनुभयो। ढुवानी खर्च र लागत बढे पनि उपभोक्तालाई ध्यानमा राखेर आफूले गत वर्षकै हाराहारीमा मूल्य राखेको उहाँको भनाइ छ।

वर्षाका कारण सडक र पुलमा क्षति पुगेकाले मुस्ताङबाट च्याङ्ग्रा ल्याउन कठिन भएको व्यापारीहरूले बताएका छन्। क्षतिग्रस्त सडकखण्ड र पुल पार गराउन डोजर तथा टिपरको सहयोग लिनुपरेको नेपालले बताउनुभयो।

नेपालले सल्लाघारीमा बिक्रीका लागि ३५१ वटा च्याङ्ग्रा ल्याएको जानकारी दिनुभयो। दसैँका लागि च्याङ्ग्रा किन्न उपत्यकाका विभिन्न ठाउँबाट ग्राहक आउने व्यापारीहरूको अपेक्षा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button