१४ मंसिर २०८३, आईतवार

ह्वाङयान दाओ आसपास चिनियाँ जनमुक्ति सेनाद्वारा सैन्य गस्ती

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ जनमुक्त सेना (पीएलए) को दक्षिणी सैन्य कमान्डअन्तर्गत नौसेना र वायुसेनाका एकाइहरूले आइतबार दक्षिण चीन सागरको ह्वाङयान दाओ र आसपासका जल तथा हवाई क्षेत्रमा युद्ध तत्परतासम्बन्धी गस्ती सञ्चालन गरेका छन्।

दक्षिणी सैन्य कमान्डले जारी गरेको वक्तव्यअनुसार नोभेम्बर महिनादेखि उक्त क्षेत्रमा सैन्य गस्तीलाई थप सघन बनाइएको छ। सम्बन्धित जल तथा हवाई क्षेत्रको नियन्त्रण र व्यवस्थापन सुदृढ गर्नुका साथै उत्तेजक गतिविधि र अधिकार उल्लंघनका घटनाको प्रतिकार गर्नु गस्तीको उद्देश्य रहेको कमान्डले जनाएको छ।

चीनले ह्वाङयान दाओ आफ्नो अभिन्न भूभाग रहेको बताउँदै आएको छ। यस क्षेत्रमाथि फिलिपिन्सले पनि सार्वभौमिकताको दाबी गर्दै आएको छ।

दक्षिणी सैन्य कमान्डले चीनको राष्ट्रिय सार्वभौमिकता र सुरक्षाको दृढतापूर्वक रक्षा गर्दै दक्षिण चीन सागरमा शान्ति तथा स्थिरता कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button