२९ आश्विन २०८३, बिहीबार

‘फिटमिन’ पेजका आरोप अस्वीकार गर्दै सांसद मल्लले कानुनी उपचार खोज्ने

ड्रागन मिडिया सम्वाददाता

सल्यानका सांसद रमेश कुमार मल्लले ‘फिटमिन’ नामक पेजबाट आफूमाथि लगाइएका आरोप झुटा, कपोलकल्पित र भ्रामक भएको बताएका छन्। उनले आफ्नो इमानदारी, नैतिकता र राजनीतिक निष्ठामाथि प्रहार गर्ने गतिविधिको भर्त्सना गरेका छन्।

मल्लले आरोप प्रमाणसहित पुष्टि गर्न चुनौती दिँदै भ्रमपूर्ण प्रचारविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्। उनले शुभेच्छुक तथा आम नागरिकलाई अप्रमाणित प्रचारको पछि नलागी सत्यतथ्यका आधारमा धारणा बनाउन आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button