२९ आश्विन २०८३, बिहीबार

तिब्बती भाषा पढ्न भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाट फिर्ता

ड्रागन मिडिया सम्वाददाता

तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका २५ बालबालिकालाई कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ। बिहीबार बिहान बनबासास्थित जाँचचौकीमा भारतीय सीमा सुरक्षाकर्मीले सोधपुछपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बालबालिका हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका हुन् र सबै १० वर्षमुनिका छन्। उनीहरूलाई हुम्लाका स्थानीय पञ्चवीर बुढाले गड्डाचौकी नाकाबाट भारत लैजाँदै थिए। बालबालिका अहिले कञ्चनपुर प्रहरीको संरक्षणमा छन्।

उनीहरूलाई भारत लैजान अभिभावकको सहमति थियो वा थिएन भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button