२९ आश्विन २०८३, बिहीबार

घटस्थापनापछि दसैँका लागि उपत्यका छाड्ने यात्रु २ लाख ६२ हजार नाघे

ड्रागन मिडिया सम्वाददाता

दसैँ मनाउन घटस्थापनादेखि बिहीबारसम्म २ लाख ६२ हजार ७५३ यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। उनीहरू ३७ हजार ९६४ सवारीसाधनमार्फत बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको छ। उपत्यकाका प्रमुख नाकामा सवारी आवागमन पनि बाक्लिएको काफ्लेले बताए।

चाडपर्वका बेला यात्रुको सुरक्षा र सहज यात्राका लागि प्रहरी तथा यातायात व्यवसायीले जाँच व्यवस्था मिलाएका छन्। दुर्घटना न्यूनीकरण र सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको काफ्लेले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button