दुई पेस्तोल, तीन म्यागजिन र १५ राउण्ड गोलीसहित एक जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता
सर्लाहीको बागमती नगरपालिका–१ का ४८ वर्षीय मेघराज भनिने बाबु थापा दुई पेस्तोल, तीन म्यागजिन र १५ राउण्ड गोलीसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले बिहीबार बिहान थापाको घर तलासी गर्दा हतियार र गोली बरामद गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





