२९ आश्विन २०८३, बिहीबार

थाक्रेको जग्गा विवादमा कलाकार हिमेश पन्तको परिवारमाथि आरोप

ड्रागन मिडिया सम्वाददाता

धादिङको थाक्रे गाउँपालिका–७ को जग्गा विवादमा कलाकार हिमेश पन्तका परिवारका सदस्यले आफूहरूको जग्गा जबरजस्ती भोगचलन गरेको तिलकप्रसाद बिडारीका छोरा प्रकाशले आरोप लगाएका छन्।

प्रकाशका अनुसार उनका बुवा तिलकले २०५६ र २०५७ सालमा जग्गा खरिद गरी २०६१ सालसम्म खेतीपाती गरेका थिए। त्यसपछि हिमेशका बुवा सुव्बा पन्तसहित परिवारका सदस्यले जग्गा भोगचलन गर्न नदिएको उनको दाबी छ। जग्गाको स्वामित्व पुष्टि गर्ने कागजात आफूसँग रहेको र न्यायका लागि प्रशासन, स्थानीय तह तथा प्रहरीमा उजुरी दिए पनि समाधान नभएको प्रकाशले बताएका छन्।

प्रकाशले आफूमाथि खुकुरी प्रहार भएको र ज्यान मार्ने उद्योगमा जाहेरी दिएको पनि बताएका छन्। हिमेशका काका कृष्णप्रसाद पन्तले जनआस्थासँगको कुराकानीमा जग्गा आफूले नभई आफ्ना दाइ अर्थात् हिमेशका बुवाले भोगचलन गरेको दाबी गर्दै यसबारे हिमेशलाई सोध्न भनेका छन्। जनआस्थाका अनुसार हिमेशसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन बन्द थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button