कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली (स्नेही) निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक मतपरिणामअनुसार उनले चार हजार ८०३ मत पाए। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले एक हजार १२० र नरेन्द्र पासवानले ७७२ मत प्राप्त गरे।
दलिततर्फका पाँच केन्द्रीय सदस्यमा कमला नेपाली, टीकाकुमारी बस्याल, रूपा विक, शान्ति परियार र सीता मिजार निर्वाचित भएका छन्। यी पदका लागि १६ जना प्रतिस्पर्धामा थिए।
दलित मधेसीतर्फको केन्द्रीय सदस्यमा धर्मेन्द्र पासवान निर्वाचित भएका छन्। दलित खुलातर्फका आठ केन्द्रीय सदस्यमा अमरबहादुर बराइली, डा. डीबी सुनार, दीपक सोनी, मन्जित ताम्राकार, राजु परियार, शिवबहादुर सुनार, सूर्यबहादुर विक र हरिशरण नेपाली निर्वाचित भएका छन्।
अन्य केन्द्रीय सदस्यको मतपरिणाम आउन बाँकी छ। कांग्रेसले सबै पदको अन्तिम परिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने जनाएको छ।





