१२ कार्तिक २०८३, बुधबार

अवैध सालको काठसहित पाँच मोटरसाइकल नियन्त्रणमा

ड्रागन मिडिया सम्वाददाता

दाङको राप्ती गाउँपालिका–४ सुन्दरपुरबाट अवैध रूपमा चोरी–तस्करी गर्न लागिएको सालको चिरान काठसहित पाँच मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार अवैध रूपमा काठ चोरी–तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले १६ थान सालको चिरान काठ र पाँच मोटरसाइकल बरामद गरेको हो।

प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल र काठ छाडेर चालकहरू फरार भएका थिए। बरामद काठ र मोटरसाइकल आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमही पठाइएको श्रेष्ठले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button