१२ कार्तिक २०८३, बुधबार

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

ड्रागन मिडिया सम्वाददाता

वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ सङ्कलन गरेको हो।

प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट मात्रै २ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। खाना पकाउने एलपी ग्यास आयातबाट १ अर्ब ८० करोड, अलकत्रा अर्थात् बिटुमिन आयातबाट १ अर्ब ४० करोड तथा स्याउ र नासपाती आयातबाट ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए।

कार्यालयका अनुसार असोजसम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रुपैयाँ रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ सङ्कलन भएको छ। चाडपर्वका कारण आयात बढेकाले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button