नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक सर्यो

ड्रागन मिडिया सम्वाददाता
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समिति बैठक सरेको छ।
पार्टी अध्यक्ष कबिर सोपका अनुसार कात्तिक १३ र १४ गतेका लागि तय भएको बैठक अब मंसिर ५ र ६ गते बस्नेछ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते भारी वर्षा हुने सम्भावना रहेको सूचना दिएपछि बैठक सारिएको उनले बताए।
बैठक कैलालीको टीकापुरस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा संगठन विस्तार र सुदृढीकरणका साथै आगामी स्थानीय तथा प्रदेश निर्वाचनबारे छलफल हुने बताइएको छ।P





