१३ कार्तिक २०८३, बिहीबार

परवेज इमोन जनकपुर बोल्ट्समा आबद्ध

ड्रागन मिडिया सम्वाददाता

बङ्गलादेशी क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन्।

जनकपुर बोल्ट्सले बुधबार राति सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै अनुबन्धको जानकारी दिएको हो।

चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले यु–१९ विश्वकप जित्दा टोलीका सदस्य थिए। उनले सन् २०२०–२१ को बङ्गबन्धु टी–२० कपमा ४२ बलमा शतक प्रहार गरेका थिए।

सन् २०२५ मा संयुक्त अरब इमिरेट्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा पनि उनले शतक बनाएका थिए। इमोनले अहिलेसम्म ४० टी–२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

उनले पाकिस्तान सुपर लिगमा पनि खेलिसकेका छन्। नेपाल प्रिमियर लिग उनको दोस्रो विदेशी लिग हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button