१३ कार्तिक २०८३, बिहीबार

थापा रथीमा बढुवाका लागि सिफारिस, प्रधानसेनापति बन्ने रोलक्रममा अघि

ड्रागन मिडिया सम्वाददाता

नेपाली सेनाका उपरथी अनुपजंग थापाको नाम रथीमा बढुवाका लागि सिफारिस भएको छ। रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा बोर्डले थापाको नाम सिफारिस गरेको हो।

बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै बोर्डले सोमबार सूचना प्रकाशित गरेको छ। रथी गणेश श्रेष्ठले मंसिर ७ गते अवकाश पाएपछि रिक्त हुने पदमा थापाको बढुवा सिफारिस गरिएको हो।

रथी पदका अर्का दाबेदार उपरथी मधुकर कार्कीको नाम भने तत्काल सिफारिस हुने छैन। रथी केसीले मंसिर १५ गते अवकाश पाएपछि रिक्त हुने पदमा कार्कीको नाम बढुवाका लागि सिफारिस गरिने जनाइएको छ।

थापाको बढुवा भए उनी नेपाली सेनाको वरिष्ठता क्रममा अघि बढ्नेछन्। वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले आगामी भदौ २४ गते अवकाश पाएपछि वरिष्ठताका आधारमा थापा प्रधानसेनापति बन्ने सम्भावना बलियो हुने समाचारमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button