१४ कार्तिक २०८३, शुक्रबार

रोमानिया र क्रोएसिया पठाइदिने भन्दै १८ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा रोमानिया र क्रोएसिया पठाइदिने प्रलोभन देखाएर आठ जनाबाट १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जुम्ला घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ मा बस्दै आएका ३६ वर्षीय वीरेन्द्र शाही छन्। पीडितहरूले रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार सूर्यविनायक–५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि शाहीलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ। उनीमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button